Logo

बागमती पेज

श्रावण १, २०७९ आईतबार

चोरीको आरोपमा पत्रकार, एसबीआई बैंकबाट १० लाख ३५ हजार चोरेको खुलासा


काटमाडौँ । एसबीआई बैंकबाट १० लाख ३५ हजार चोरेको आरोपमा २१ बर्षीय पत्रकार वाशुदेव अर्याललाई प्रहरीले पक्राउ गरेको छ । बानेश्वरबाट चेकबुक भेट्टाएको र लोभ लागेको कारण सोही चेक सटाही गरेकोे हिरासदमा रहेका अर्यालले बताएका छन् ।

शुक्रबार २ बजे पक्राउ परेका वाशुदेव अर्यालको सम्बन्धमा थप अनुसन्धान गर्नका लागि प्रहरी सातदोबाटोस्थित वाशुदेवकै कोठामा पुगेको थियो । त्यहाँ पुगेर खानतलासी गर्दा प्रहरीले नेपाल एसबिआई बैंक, प्रभु बैंक, नेपाल बैंक लगायत बैंकका चेकबुक र एनएमबी लगायतका केही बैंकका चेक फेला पार्यो ।

साथमा थियो वाशुदेवले नक्कली हस्ताक्षर गर्न प्राक्टिस गरेको दस्तखतको नमुना, विभिन्न बैंकमा डिपोजिट गरिएको बैंक भौचरको कागजात, विभिन्न कम्पनीको छाप, विभिन्न व्यक्तिका सवारीचालक अनुमतिपत्र, विभिन्न कम्पनीका १६ थान सिमकार्ड, दुईवटा मोबाइल, डेल कम्पनीको ल्यापटप । आइतबार काठमाडौँ जिल्ला अदालतबाट अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको छ ।

मकवानपुरको थाहा नगरपालिका घर भएका २१ वर्षीय वाशुदेव अर्यालको खास पेशा के हो भन्ने अझै पत्ता लागेको छैन । यद्यपि अर्यालको साथबाट पत्रकार परिचय पत्र भने बरामद भएको छ । प्रहरीका अनुसार सूचना विभागबाट जारी भएको ‘तिखोकलम डट कम’ नामक सञ्चार संस्थाको ३०८३७ नम्बरको पत्रकार परिचय पत्र समेत फेला परेको छ ।