Logo

बागमती पेज

श्रावण २, २०७९ सोमबार

क्याप्टेन रामेश्वर थापाको गाडीको ठक्करबाट तीन जना घाइते


काठमाडौँ । क्याप्टेन रामेश्वर थापाको गाडीको ठक्करबाट तीन जना घाइते भएका छन् । सोमबार बिहान राजधानीको चक्रपथस्थित भाटभटेनी नजिकै थापाको प्रदेश ३–०१–०२२ च ४४३७ नम्बरको गाडीले प्रदेश ३–०२–००९ प १७८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते भएका हुन् । मोटरसाइकलमा सवार दुई जना र अर्का एक सडकमा हिँडिरहेका एक बालक घाइते भएको प्रहरी स्रोतले जनाएको छ।

घाइते हुनेमध्ये दुई जनाको नाम खुलेको छ। मोटरसाइकलमा सवार काभ्रेका विवेक अधिकारी र ओखलढुंगाका सुदिप खतिवडा रहेका छन् ।

उनीहरुको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । बालकको चाहिँ त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी स्रोतको भनाइ छ । प्रहरीले ठक्कर दिने गाडीलाई नियन्त्रणमा लिएको छ ।