Logo

बागमती पेज

श्रावण ६, २०७९ शुक्रबार

बृद्वाको चेक साटी फरार युवक पक्राउ


काठमाडौँ। धनुषामा बृद्वाको चेकबाट रकम निकालेर फरार एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कमला नगरपालिका २ माचीका सन्तोष कुमार ठाकुर रहेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले बताए ।

२३ बर्षका ठाकुरले बिदेह नगरपालिकास्थित एनआईसी एसिया बैंकमा रकम निकाल्न आएकी विदेह नगरपालिका १ कि ७३ बर्षकी कुम्हलियादेवी यादवलाई आफू बैंकको कर्मचारी रहेको र रकम निकाल्न सहयोग गरिदिने भन्दै उनको चेक लिएर २४ हजार रुपैयाँ निकालेर ५ साउनमा फरार भएका थिए ।

उनलाई ५ साउनकै राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । कमला नगरपालिकाबाटै पक्राउ परेका ठाकुरको साथबाट २० हजार रुपैयाँ बरामद भएको छ ।