Logo

बागमती पेज

श्रावण ९, २०७९ सोमबार

भारतको राष्ट्रपति बनिन् द्रौपदी मुर्मु, प्रधानन्यायाधिशले दिलाए शपथ


काठमाडौँ । द्रौपदी मुर्मुले भारतको १५ औँ राष्ट्रपतिको रुपमा सोमबार शपथ ग्रहण गरेकी छिन् । द्रौपदी मुर्मुलाई सर्वोच्च अदालतका प्रधान न्यायाधीशले शपथ दिलाएका छन् ।

द्रौपदी मुर्मु भारतकी दोस्रो महिला र पहिलो आदिवासी राष्ट्रपति हुन् । भारतकी पहिलो महिला राष्ट्रपति प्रतिभा पाटिल हुन् । उनी स्वतन्त्र भारतमा जन्मिएर रास्ट्रपति बन्ने पहिलो व्यक्ति पनि हुन् ।