Logo

भवानी कार्की

श्रावण १०, २०७९ मंगलबार

रमाइलो चोकको नरमाइलो घटना, शङ्काले लियो ज्यान


काठमाडौँ । केही समय अघि मात्र साउदी अरबबाट परिवारलाई थाहै नदिई नेपाल आएका कृष्णा प्रसाद आचार्यले परिवारलाई सर्प्राइज दिएका थिए । घरमा भएकी श्रीमती रुष्मालाई पहिला देखिने शङ्का गर्ने गर्दे कृष्ण प्रसाद । विदेशबाट आएकै दिन उनले श्रीमती रुष्मा माथि हातपात गरका थिए ।

उनकी श्रीमती रुष्मा गाउँकै विद्यालयको अङ्ग्रेजी विषय पढाउँथिन् । श्रीमतीलाई शङ्काको घेरामा राखेका कृष्णाले विदेशबाट आएपछि पनि घरमा भाँडभैलो मच्चाएका थिए । भरतपुर १० स्थित रमाइलो चोकमा उनीहरूको तिन तले घर रहेको छ । घरमा कृष्णाकी आमा श्रीमती र १२ वर्षीय छोरी बस्दै आएका थिए ।

घटना आइतबारको हो कृष्णकी आमा आफन्तको घर गएको बेला पारेर कृष्णाले रुष्मालाई खुकुरी प्रहार गरे । खुकुरी प्रहार गरी गम्भीर घाइते भएर ढलेकी श्रीमती छाडेर कृष्ण घरको तिन तला माथि बाट फाल हाने । तिन तला माथिबाट हाम फालेका कृष्णाको टाउकोमा गम्भीर चोट लाग्यो । उता घरको तिन तलामाथि छटपटाइरहेकी श्रीमतीको पनि इन्तु चिन्तु थिएन । 

घटना बारे थाहा पाएपछि पुगेको प्रहरी टोलीले दुवैलाई अस्पताल पठायो तर चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए । 

पोस्टमार्टममा संलग्न अधिकारीहरूका अनुसार रुष्माले प्रतिकार गर्न खोज्दा उनको घाँटी र हातमा थुप्रै चोट देखिन्थे । उता कृष्णको भने निधारको भाग सडकमा बजारिएर निधार फुटेर मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा उल्लेख गरिएको छ ।

रुष्माले घरेलु हिंसाको उजुरी दिएकी थिइन् 

गत जेठ १९ गते अकस्मात् विदेशबाट घर आएका श्रीमानले कुटपिट गर्न थालेपछि रुष्माले गत असार ३ गते जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलमा पुगेर आफ्नो पीडा पोखिन् । घरेलु हिंसा गरेको भनेर जाहेरी दिएपछि प्रहरीले रुष्टमाको माइती पक्ष र कृष्णको परिवारसहित राखेर छलफल पनि गरायो । एकै ठाउँमा बस्न नसक्ने भएपछि उनीहरुको बिचमा एउटै घरमा तर अलग–अलग फ्ल्याटमा बस्ने सहमति प्रहरीकै रोहवरमा भयो ।

रुष्टमाको हत्या र कृष्णको आत्महत्याका विषयमा दुवै परिवारले अलग–अलग जाहेरी दिएका छन् ।

मृतक रुष्माका बुबा नेत्र घिमिरे र कृष्णकी आमा बट्टाइदेवी आचार्यले अनुसन्धान गरिपाऊँ भनी प्रहरीमा जाहेरी दिएका छन् । मृतक महिलाको माइती पक्षले भने नाम किटेर जाहेरी दिएको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नवराज अधिकारीले विभिन्न विज्ञहरुको सहयोगमा घटनाको अनुसन्धान गरिने बताए ।