Logo

बागमती पेज

श्रावण १०, २०७९ मंगलबार

चलचित्र ‘छक्का पञ्जा ४’ को हिरोमा राज आचार्य


काठमाडौँ । चर्चित हाँस्य टेलिश्रृखंला ‘तितो सत्य’ मा दीपकराज गिरी र दीपाश्री निरौलाको छोरा राजको भूमिकाबाट चिनिएका कलाकार राज आचार्य हिरोको रुपमा पनि देखिने भएका छन् । उनी दीपक र दीपाकै फिल्म ‘छक्का पञ्जा ४’ मा हिरोको रुपमा देखिन लागेका हुन् ।

हिरोको रुपमा राजको यो डेब्यु फिल्म हो । फिल्ममा उनको जोडी परिक्षा लिम्बु बन्नेछिन् । सिरियलपछि फिल्ममा पनि दीपक दीपासँग काम गर्ने अवसर जुरेकोमा राजले खुसी व्यक्त गरे ।

‘तितो सत्य’पछि केही म्युजिक भिडियो अभिनय गरेका राजले गत असारमा अभिनेत्री सुनिशा बजगाईंसँग लगनगाँठो कसेका थिए । विवाह गरेलगत्तै उनले फिल्मको हिरो हुने अवसर पाएका छन् ।