Logo

बागमती पेज

श्रावण १२, २०७९ बिहीबार

एचआईभीको औषधि यथाशीग्र उपलब्ध गराउन महासंघको माग


राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपालले सहज रूपमा औषधि उपलब्ध गराउन माग गरेको छ। बुधबार महासंघको टोलीले राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रलाई ज्ञापनपत्र बुझाएर सहज रूपमा औषधि उपलब्ध गराउन माग गरेको हो ।

महासंघका अध्यक्ष खगेन्द्र खड्का नेतृत्वको टोलीले सरकारी लापरवाहीले सङ्क्रमितको ज्यान समेत गइरहेको जनाउँदै औषधि उपलब्ध गराउन ध्यानाकर्षण गराएको हो।

सङ्क्रमितहरूले खाने एआरभी वितरणमा केन्द्रले नै अवरोध गरिरहेको महासंघको भनाइ छ। जसका कारण जिल्लामा औषधि नपुगेको र सङ्क्रमितले औषधि खान नपाएको महासंघले जनाएको छ।

त्यस्तै, कास्की र सुनसरीमा हेपाटाइटिस–सी भएका सङ्क्रमितको उपचार गर्ने तयारी भएको थियो। तर, केन्द्रकै लापरवाहीले समयमै औषधि नपाउँदा दुई जनाको ज्यान गएको महासंघले जनाएको छ।