Logo

भवानी कार्की

श्रावण १२, २०७९ बिहीबार

भान्सामा यसरी प्रयोग गरौं आलु, जसले स्वास्थ्यलाई फाइदा गर्छ


काठमाडौँ । आलु हाम्रो भान्सामा दैनिक रुपमा अनिवार्य पाक्ने परिकार हो । आलुको विभिन्न परिकार बनाएर प्रयोग गर्न सकिन्छ । आलु नेपालको हिमाली भेगमा प्रशस्त मात्रमा पाइन्छ । नेपालमा मात्र नभई विश्वभर नै आलुको बढी मात्रमा प्रयोग गरिन्छ । 

हामीले दैनिक आलुको परिकार बनाई रहेका हुन्छम् । आलुको परिकार खाँदा जति स्वादिष्ट हुन्छ त्यतीनै यसको उत्पादन गर्न र सँरक्षण गर्न भने सजिलो छैन । आलु उत्पादनपछि भण्डारण गरेर राखिन्छ र आवश्यकता अनुरुपनै प्रयोग गरिन्छ ।

तर यसरी भण्डारण गरेर राखेको आलुले स्वास्थ्यलाई त्यती फाइदा भने हुँदैन । यस्ता केही आलु छन् जसलाई प्रयोग गर्दा त्यसले नकारात्मक असर पर्छ।

जस्तो चाउरी परेको आलु: लामो समय राखेको आलुमा रहेको पानीको मात्र नष्ट भएसँगै आलु चाउरिन पुग्छ । जसलाई बिउको रुपमा प्रयोग गर्ने गरिन्छ। आलुलाई धेरै समय राखेर पछि त्यो चाउरिन्छ, त्यसको टुसा उम्रन थाल्छ। यसैलाई विउको रुपमा प्रयोग गर्न सकिन्छ । यस्तो आलु सेवन गर्दा हानी पुग्छ। यस्तो चाउरी परेको आलुको सेवन गर्दा शरीरमा विषाक्त पदार्थ प्रवेश गर्छ।

अर्को छ हरियो भएको आलु: बजारमा खरिद गरेको बेला होस् वा सब्जी बनाउने बेला, बोक्रामा हरियो हुँदै गएको आलु सेवन गर्नु हुँदैन । आलुको हरियो भागमा सेलेनाइन विषाक्त पदार्थ हुन्छ। त्यस्तै टुसा उम्रिसकेको आलु पनि सेवन गर्नु हुँदैन । 

आलु स्वादिलो र बहु उपयोगी परिकार मात्र होइन, स्वस्थ्यवर्द्धक पनि हुन्छ । आलुमा भिटामिन सी, बि कम्पलेू्रक्स तथा आइरन, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस तत्त्व हुन्छ । यदि आलुलाई उसिनेर बोक्रासँग सेवन गर्दा यसमा रहेको पोषक तत्त्व नष्ट हुँदैन।

हो हामीले भान्सामा आलुको प्रयोग गर्नुपर्दा यी कुराहरूलाई ध्यानमा राखियो भने स्वस्थबर्दक हुन सकिन्छ । त्यसैले सधैँ स्वस्थ आलु मात्र प्रयोग गर्न आवश्यक छ ।