Logo

बागमती पेज

श्रावण १५, २०७९ आईतबार

मापसे गरी सवारी चलाउने १६ स्कुल बसका चालक कारबाहीमा


काठमाडौं । ट्राफिक नियम पालना नगर्ने १६ वटा स्कुल बसका चालक कारबाहीमा परेका छन् ।

स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई ८ साउनदेखि कारबाही तथा सचेतना अभियान थालिएको हो ।

अभियानलाई निरन्तरता दिने क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारमात्रै विभिन्न स्कुलका १६ वटा बसलाई कारबाही गरेको छ ।

१६ मध्ये पाँचवटा बसका चालक मादक पदार्थ सेवन गरेर कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।