Logo

बागमती पेज

श्रावण १७, २०७९ मंगलबार

नाग पञ्चमी र यसको महत्व


काठमाडौँ । नागपञ्चमी श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिन अर्थात आज भव्यताका साथ मनाइदैँ छ । आजको दिनमा प्रकृति पुजा गर्ने सम्पुर्ण समुदाय बाट नागको पूजा गर्ने गरिन्छ । नागको पुजाको साथै आज भुमे क्षेत्रपाल देवताको समेत पुजा गर्ने गरीन्छ ।

नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व भएकाले नाग पञ्चमीको दिन आठ प्रकारको अष्ट नाग को पुजा गर्ने गरीन्छ। यस दिनमा नागको साथै नाग धारण गर्ने भगवान भोलेनाथको पूजा आराधना पनि गरिन्छ।

नागपञ्चमीको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि अष्टनागको चित्र टाँस्ने गरिन्छ । यस दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम सुरू हने जनविश्वास छ ।

नाग पञ्चमीमा नागको चित्र बनाई पूजा गरेर घरको ढोकामा टाँस्नाले सर्पको भय हुदैन भन्ने हिन्दू शास्त्रको मान्यता रहेको छ । नेपालको सुदूर तथा मध्य पश्चिममा नाग पञ्चमीका दिन कागजमा नाग, गङ्गटो, बिच्छी जस्ता बिषालु जीवहरूका चित्र बनाएर पूजा गरी घरको दैलोमा टाँस्ने चलन छ भने प्रसिद्ध बडिमालिका लगायत विभिन्न ठाउँमा छरिएर रहेका मालिका मन्दिरमा पूजा गर्न जाने श्रद्धालुहरूले व्रत गर्ने, भूमी शयन गर्ने र ब्रह्मचार्य धारण गर्ने चलन रहेको छ ।