Logo

बागमती पेज

श्रावण १७, २०७९ मंगलबार

बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ


काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–३ घर भएकी ३५ वर्षीया मामा बस्नेत थापा छिन् ।

९० लाख रुपैयाँ बिगो भएको मुद्दामा उनीविरुद्ध उच्च अदालत पाटनले पक्राउ पुर्जी जारी गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए । अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले ललितपुर महानगरपालिका–१६ स्थित बंगलामुखीबाट पक्राउ गरेर उनलाई प्रहरी वृत्त बालाजुमा बुझाएको छ ।

आरोपीबारे प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ । उनीविरुद्ध वैदेशीक रोजगार विभागले पनि पक्राउ पुर्जी जारी गरेको छ । भरतमणि घर्तीमगर सहितका व्यक्तिहरूलाई रोजगारीमा पठाउँछु भनेर ठगेको आरोप छ ।