Logo

बागमती पेज

श्रावण १८, २०७९ बुधबार

श्रीमतीले श्रीमानविरुद्ध दिइन जबरजस्ती करणीको उजुरी


काठमाडौँ । रुपन्देहीको तिलोत्तमा १७ की ३० वर्षीया वर्षाकुमारी चौधरीले आफ्नै श्रीमानविरुद्ध जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन् ।

चौधरीले इलाका प्रहरी कार्यालय बुटवलमा श्रीमान् मोहन चौधरीविरूद्ध जबरजस्ती करणीको उजुरी दिएकी हुन् ।

मोहनले साउन १५ गतेदेखि आफूमाथि जबरजस्ती करणी र कुटपिट गरेको भन्दै वर्षाले कारबाहीको माग गरेकी छन् । गत साउन १४ गते राति मदिरा पिएर आएका मोहनले कुटपिट गरेको जोहेरीमा उल्लेख छ ।

श्रीमानले घरखर्च नदिने, यातना दिने र सासू जागेश्वरी चौधरी एवम् ससुराले समेत बेवास्ता गर्दा आफ्नो बच्चाको लालनपालनमा समस्या भोगेको जाहेरीमा उल्लेख छ ।