Logo

बागमती पेज

श्रावण १८, २०७९ बुधबार

काठमाडौंबाट मुम्बई जान लागेको विमानबाट १ जना पक्राउ, के थियो कारण ?


काठमाडौं : काठमाडौंबाट भारतको मुम्बई जान लागेको नेपाल एअरलाइन्सको विमानबाट १ जना पक्राउ परेका छन् ।

विमानको ढोका बन्द गरेर उड्न लागेका बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रोकेर एक जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरेको हो ।

पक्राउ परेका यात्रु मुम्बई जान लागेका थिए । काठमाडौंबाट मुम्बई जान लागेको विमानमा आतङ्कवादी रहेको सूचना आएपछि सबै यात्रुलाई ओरालेर जाँच गरेको र एक जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सबै यात्रुको जाँचपछि विमानमा चढाएर उडान गरिने नेपाल यअरलाइन्सले जनाएको छ ।