Logo

बागमती पेज

श्रावण १९, २०७९ बिहीबार

वरिष्ठ अभिनेता मिथिलेश चतुर्वेदीको निधन


काडमाडौँ । वरिष्ठ अभिनेता मिथिलेश चतुर्वेदीको निधन भएको छ । हृदयघातका कारण ३ अगस्ट अर्थात बुधबार साँझ उनको निधन भएको हो ।

लामो समयदेखि हृदय रोगसँग लडिरहेका उनको पछिल्लो दिनमा स्वास्थ्यमा समस्या आएपछि लखनउमा उपचार भइरहेको थियो । यसै क्रममा उनको हृदयघातका कारण मृत्यु हो ।

मिथिलेश चतुर्वेदीको मृत्युको पुष्टि उनका ज्वाई आशिष चतुर्वेदीले सामाजिक सञ्जालमार्फत गरेका छन् । आशिष चतुर्वेदीले सामाजिक सञ्जालमा मिथिलेशको तस्बिर सेयर गर्दै लेखेका छन् ।

चतुर्वेदीले सनी देओलको ‘गदर’, मनोज बाजपेयीको ‘सत्या’, शाहरुख खानको अशोका’ को अलवा ‘ताल’, ‘बन्टी और बबली’, ‘कृष’, ‘रेडी’ लगायत थुप्रै फिल्म अभिनय गरेका छन् ।