Logo

बागमती पेज

श्रावण १९, २०७९ बिहीबार

काठमाडौंमा चिनियाँ नागरिक अपहरित, ६ जना पक्राउ


काठमाडौं । काठमाडौंमा एकजना चिनियाँ नागरिक अपहरित भएका छन् ।

अपहरणमा संलग्न ६ जनालाई जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले चिनियाँलाई अपहरण गरेर नयाँ बसपार्कमा लगेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको पुष्टि गरे ।

घटनाबारे थप अनुशन्धान भइरहेको छ ।