Logo

बागमती पेज

श्रावण १९, २०७९ बिहीबार

सरकारको निर्णय स्वागतयोग्य: युवा नेता प्रसाईँ


काठमाडौँ । सरकारले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मंसिर ४ गते एकै चरणमा निर्वाचन सम्पन्न गर्ने सरकारले निर्णय गरेको हो ।

सरकारको उक्त निर्णयलाई नेकपा एमालेका युवा नेता ओमकृष्ण प्रसाईँले स्वागतयोग्य रहेको बताएका छन् ।

आगामी निर्वाचनमा उम्मेदवारको आंकाक्षीसमेत रहेका नेता प्रसाईँले सामाजिक सञ्जाल मार्फत नेकपा एमाले पनि आवधिक निर्वाचनको पक्षमा रहेको उल्लेख गर्दै सरकारको यो निर्णय सकारात्मक रहेको बताए ।

साथै प्रसाईँले संसदीय तथा प्रदेश निर्वाचनको घोषणा लाई राजनीतिक अस्थिरताको अन्त्य र मुलुकको समस्या समाधानको ढोका खोल्ने माध्यमको रूपमा लिनु पर्ने धारणा व्यक्त गरेका छन् ।

गत असार २२ गते निर्वाचन आयोगले सङ्घ र प्रदेशको निर्वाचन एकै चरणमा गर्न र मंसिर २ गते गर्न सरकारलाई सुझाव दिएको थियो ।