Logo

बागमती पेज

श्रावण २०, २०७९ शुक्रबार

चीनलाई बाधा पुग्ने कुनै पनि गतिविधिप्रति हाम्रो विरोध रहन्छ : अध्यक्ष प्रचण्ड


काठमाडौं । सत्ता घटक नेकपा माओवादी केन्द्रले ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति ध्यानाकर्षण भएको बताएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले सामाजिक सञ्जालमार्फत चीनको राष्ट्रिय एकताप्रति बाधा हुने कुनै पनि गतिविधिमा आफूहरूको विरोध रहने धारणा सार्वजनिक गरेको हो ।

‘ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। हाम्रो देश नेपाल र हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एक चीन नीतिप्रति प्रष्ट छ । चीनको राष्ट्रिय एकता प्रति बाधा हुने कुनै पनि गतिविधिप्रति हाम्रो विरोध रहन्छ ।’