Logo

बागमती पेज

श्रावण २३, २०७९ सोमबार

दुर्गन्ध नै दुर्गन्धको देश हुन लागेको सांसदको गुनासो


काठमाडौँ । राष्ट्रियसभा सदस्य गोमादेवी तिमल्सिनाले काठमाडौँको फोहोर व्यवस्थापन नहुँदा दुर्गन्ध र हैजा फैलिएर बस्न नसक्ने अवस्था आइसकेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएकी छन् । सोमबारको बैठकमा बोल्दै उनले बाढी पहिरो नलागेका ठाउँमा फोहोर ढल फुटेर दुःख पाइएको बताइन् ।

‘दुर्गन्ध नै दुर्गन्ध र अराजको देश हुन लागेको छ स्वतन्त्र उम्मेदवार र युवाले गर्छन् भनेर होहल्ला गरिएको थियो तर अहिले काठमाडौमा दुर्गन्ध धेरै फैलिएको छ’ उनले भनिन्, ‘तर काठमाडौँमा अहिले हिँडिसाध्य छैन । फोहोरको व्यवस्थापन नहुँदा हैजा र दुर्गन्ध फैलिएको छ ।’

उनले यो दुर्गन्धमा पर्यटकलाई आओ भनेर कसले प्रचार गर्ने भन्दै प्रश्न गरिन् । ‘निर्वाचन सकिएसँगै फोहोर व्यवस्थापन भइसक्थ्यो तर पहल नै भएन’। उनले अध्यक्षमार्फत सरोकारवालाको ध्यानकर्षण गराइन् ।