Logo

बागमती पेज

श्रावण २५, २०७९ बुधबार

मध्यरातमा बागमती किनारामा रहेको टहराबाट ३ जनाको उद्धार


काठमाडौं : गएराती काठमाडौंमा परेको भारी वर्षाले विभिन्न बस्ती डुबानमा परे । राती नै बागमती किनारामा रहेको टहराबाट नेपाल प्रहरीले ३ जनाको उद्धार गरेको छ । बाढीका कारण घरभित्रै अलपत्र परेका उनीहरुलाई प्रहरीले उद्धार गरेको हो ।

गएराति काठमाडौं उपत्यकाको अधिकांश स्थानमा भारी वर्षा भएको छ । भक्तपुरको नगरकोट, काठमाडौंको धाप, सुन्दरीजललगायतका विभिन्न क्षेत्रमा भारी वर्षा भएको हो ।

जसको प्रभावले आज विहान पनि पुण्यमती, हनुमन्ते, मनोहरा र बागमतीमा पानीको बहाव उच्च देखिएको छ ।