Logo

बागमती पेज

श्रावण २६, २०७९ बिहीबार

दोलखामा पहिरो, सिंगटी बजारका घर जोखिममा


काठमाडौँ । दोलखाको बिगु गाउँपालिका–४ लादुकमा पहिरो  गएको छ । पहिरोमा परी सिंगटी बजार क्षेत्रका करिब ३० घर जोखिममा परेका छन् । पहिरोमा परी घर जोखिममा परेपछि सिंगटी क्षेत्रका बासिन्दाहरू विस्थापित भएका छन् । 

विस्थापितहरुलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

सोही ठाउँमा गत २३ गते पनि पहिरो जाँदा चार वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका थिए । गएरातिको वर्षासँगै झरेको पहिरोले थप घरहरुमा क्षति पुगेको छ । ‘पहिरोले खोलिखोम एरियाका ३० वटा जति घर जोखिममा परेका छन् । 

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय सिंगटीको भवन पनि जोखिममा छ । बजारका घर र पसलहरूमा लेदो माटो छिरेको छ । बसाइ जोखिमपूर्ण भएपछि केही मानिसहरू वरपरका घर र आफन्तको बसेका छन् ।

पहिरोले बजार क्षेत्रको बाटो अवरुद्ध भएपछि अहिले पहिरो पन्छाएर खुलाउने काम भइरहेको छ ।