Logo

बागमती पेज

श्रावण २७, २०७९ शुक्रबार

निहारिकाद्वारा शीतल निवास अगाडि आत्महत्याको प्रयास, प्रहरीले जोगायो…


काठमाडौं । न्याय माग्दै एक सातादेखि आमरण अनशनमा रहेकी निहारिका राजपुतले आत्महत्याको प्रयास गरेकी छन् । राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर उनले आत्महत्याको प्रयास गरेकी हुन् ।

निहारिका आफ्नो २ वर्षको छोरासहित शीतल निवास अगाडि गएकी थिइन् । त्यहाँ पुगेर शरीरमा पेट्रोल खन्याउनासाथ प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

निहारिकाले गत २० साउनबाट आमरण अनशन सुरू गरेकी थिइन् । वसन्तपुर डबलीमा अनशन बसिरहेकी उनले आफ्नो मागको सुनुवाइ नभएको भन्दै आत्महत्याको योजना बनाएकी हुन् ।