Logo

बागमती पेज

श्रावण ३१, २०७९ मंगलबार

वामदेवले बर्दिया छोड्ने, प्युठानमा हँसिया हथौडाबाट चुनाव लड्ने


काठमाडौँ । नेकपा माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडाबाट चुनाव लड्न सहमत वामदेव गौतमले निर्वाचन क्षेत्र पनि परिवर्तन गर्ने भएका छन् ।

गौतमले प्युठानबाट आगामी प्रतिनिधिसभाको चुनाव लड्ने प्रस्ताव गरेका छन् । ‘यसपटक प्युठानबाट चुनाव लड्ने प्रस्ताव गर्नुभएको छ । त्यही हुन्छ होला’, उनी निकट स्रोतले भन्यो । चुनाव चिह्नसँगै निर्वाचन क्षेत्रबारे पनि गौतमले माओवादी केन्द्रसँग प्रस्ताव गरेका हुन् ।

०७० मा गौतमले प्युठान–१ र बर्दिया–१ बाट जितेका थिए । तर ०७२ को संविधानले भने दुई ठाउँबाट चुनाव लड्ने प्रावधान हटाएपछि गौतम बर्दिया–१ बाट चुनाव लडे । चुनाव जित्न भने सकेनन् ।

कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित गौतमले आगामी चुनाव भने प्युठानबाट लड्ने मनसाय बनाएका छन् ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि कतै पनि नलागेका गौतमले केही समय अगाडि मात्रै नेकपा एकता राष्ट्रिय अभियान गठन गरेका थिए । उक्त दलको अस्तित्व कायमै राख्दै माओवादी केन्द्रको चिह्नबाट गौतम चुनाव लड्न लागेका हुन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाको मत हेर्दा प्युठानमा नेकपा एमालेको मत ३९ हजार ८७७ यसैगरी नेपाली कांग्रेसको २१ हजार ५६४, माओवादी केन्द्रको १७ हजार १६३, जनमोर्चाको १३ हजार ६१२ एकीकृत समाजवादीको हजार ४१७ मत

प्रतिनिधि सभामा प्युठानमा एउटा मात्र निर्वाचन क्षेत्र