Logo

बागमती पेज

भाद्र १, २०७९ बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा प्रदेश चुनाव नलड्ने निर्णय


रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मंसिरमा हुने दुई तहको निर्वाचनमध्ये प्रदेशसभा निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकले प्रदेशसभा निर्वाचनमा भाग नलिने निर्णय गरेको लामिछानेले बुधबार जानकारी दिए ।

यस पटकको निर्वाचनमा पार्टीले प्रदेश तहमा भाग नलिने लामिछानेको भनाइ छ । यो निर्वाचनमा संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा तर्फ मात्र रहने लामिछानेले जनाए ।

यही संरचनामा प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनुबाहेक केही नभएको उनले बताएका छन् । ‘प्रदेश तहमा सहभागी नहुने कुराको आधिकारिक जानकारी हामीले निर्वाचन आयोगलाई गराएका छौं,’ उनले भनेका छन् ।