Logo

बागमती पेज

भाद्र २, २०७९ बिहीबार

हर्क साम्पाङको सय दिने कार्य विवरण सार्वजनिक


काठमाडौँ । धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका उनले पहिलो बुँदामा नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरेको उल्लेख गरेका छन् ।

आफ्नो आधिकारिक फेसबुक एकाउन्टमार्फत उनले सार्वजनिक गरेको कार्य विवरणमा ४ ठाउँबाट खानेपानीको मुहान थपेको, व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएको र ६ लाख विरुवा रोपेको उल्लेख छ ।

त्यसैगरी सरसफाइमा देखिने सुधार ल्याएको, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालेको, लागूऔषध विरुद्धको अभियान शुरु गरेको उनले उल्लेख गरेका छन् ।

१। नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें १
२। ४ ठाउँबाट खानेपानीको मुहान थपे १
३। व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाए १
४। ६ लाख विरुवा रोपे १
५। सरसफाइमा देखिने सुधार ल्याएँ १
६। प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ १
७। जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें १
८। बाटो मर्मत सम्भार तथा तटबन्धन, विपद व्यवस्थापन १
९। लागु औषध विरुद्धको अभियान शुरु गरें १
१०। योजनाहरुका लागि बजेटको जोहो गराएँ १
११। पारदर्शी हिसाब किताब सार्बजनिक गरें १
१२। पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ १
१३। शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ १