Logo

बागमती पेज

भाद्र ४, २०७९ शनिबार

अनमोलको ‘छड्के २’ को छायांकन सुरु


काठमाडौं : अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने फिल्म ‘छड्के २’ को छायांकन सुरु भएको छ ।

श्रीकृष्ण जन्माष्टमीकाे अवसर पारेर चितवनको भरतपुरमा शुभ मुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । ६० दिनको छायांकन सेड्युल रहेको फिल्म चितवनसँगै मुस्ताङमा पनि छायांकन हुनेछ ।

अनमोल ग्याङ्गस्टार भूमिकामा देखिने फिल्म निगम श्रेष्ठले निर्देशन गर्न लागेका हुन् । निर्देशक श्रेष्ठकै लेखनसमेत रहेको फिल्म अनमोलको अलवा रोविन तामाङ र कमलमणि नेपालको पनि मुख्य भूमिका रहनेछ ।

निर्माण टिमले अभिनेत्रीको नाम भने अहिले गोप्य राखेको छ । छायांकन भइरहेको समय कलाकार क्रमशः सार्वजनिक गर्ने निर्देशक श्रेष्ठले बताए ।

काभ्रे फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मसँग मेधा फिल्म्स र निर्वाण फिल्म स्कुलले सहकार्य गरेको छ । फिल्मको निर्मातामा प्रशान्त गिरी र लक्ष्मण काफ्ले हुन् ।

‘छड्के’ ६ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म हो । फिल्मले समीक्षात्मक रुपमा प्रशंसा बटुलेको थियो । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, नम्रता श्रेष्ठलगायतको अभिनय थियो । निगम श्रेष्ठले नै फिल्मको निर्देशन गरेका थिए ।