Logo

बागमती पेज

भाद्र ४, २०७९ शनिबार

विश्वको एकमात्र कीर्तिमानी आरोही शेर्पालाई भव्य स्वागत


काठमाडौं : आठ हजार मिटरभन्दा माथिका १४ वटा शिखरको दोस्रो पटक सफल आरोहण गरि नेपाल फर्किएका कीर्तिमानी आरोही सानु शेर्पालाई भव्य स्वागत गरिएको छ।

शेर्पाले नेपाल, पाकिस्तान र चीनमा पर्ने ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल दोहोर्‍याएर आरोहण गर्ने विश्वको एकमात्र आरोहीको रेकर्ड बनाएका छन् ।

यसअघि उनले सन् २०१९ मा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालको आरोहण गरेर कीर्तिमान बनाएका थिए।

उनको स्वागतको लागि संस्कृति तथा पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, पर्वतारोहण सम्बन्धी विभिन्न संघ संस्थाका प्रतिनिधिहरू त्रिभूवन विमानस्थल पुगेका थिए ।