Logo

बागमती पेज

भाद्र ४, २०७९ शनिबार

बागमती नदीमा र्‍याफ्टिङ सञ्चालन


काठमाडौं । बागमती नदीमा र्‍याफ्टिङ सञ्चालन गरिएको छ । बर्खाको भेलसँगै आज बिहान र्‍याफ्टिङ गराइएको हो ।

बागमती सरसफाइ अभियानले नदीलाई सफा गर्न सकिन्छ भन्ने सन्देश दिन र्‍याफ्टिङमार्फत जल विहार गराएको हो ।

दर्जनौं बोटबाट कुपोन्डोलदेखि सुन्दरीघाटसम्म जल विहार गराइएको हो । र्‍याफ्टिङका साथै बिहान नदीमा सरसफाइ पनि गरिएको थियो ।