Logo

बागमती पेज

भाद्र ५, २०७९ आईतबार

आचार संहिता निर्माणको प्रक्रियामा निर्वाचन आयोग


काठमाडौँ । निर्वाचन आयोगले आचार संहिता निर्माणको प्रक्रिया थालेको छ । आगामी मंसिर ४ गतेका लागि तय गरिएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आचार संहिता निर्माणको प्रक्रिया सुरू भएको आयोगले जनाएको छ ।

यसका लागि सोमबार राजनीतिक दलहरूसँग छलफल कार्यक्रम राखिएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिएका छन् । आइतबार पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले गत स्थानीय तहको निर्वाचनको आचार संहिता कार्यान्वयनको अवस्थाको मूल्यांकन गर्दै दलहरूको सुझावको आधारमा संहिता जारी गर्ने बताए ।

उनले गत निर्वाचनमा आयोगले जारी गरेको निर्वाचन आचार संहिता पत्रकारितासँग सम्बन्धित संस्थाका व्यक्तिले ुआयोगको छुट्टै संहिता मान्दिनँु भनेको प्रति आश्चर्य लागेको बताए ।

प्रमुख आयुक्त थपलियाले आगामी मंसिर ४ गतेको निर्वाचन सफल बनाउनका लागि आयोगले दिव्य दृष्टि लगाएर काम गरिरहेको उल्लेख गरे ।