Logo

बागमती पेज

भाद्र ७, २०७९ मंगलबार

बन्द गराउँदै हिँडेका बन्दकर्तालाई स्थानीयद्धरा कुटपिट


काठमाडौं । काभ्रेको बनेपामा बन्द गराउँदै हिँडेका बन्दकर्तालाई स्थानीयले कुटपिट गरेका छन् । बन्द गराउँदै हिडेका बन्दकर्तालाई प्रहरीको जिम्मा लगाएका छन् ।

बनेपाको चारकुनेमा ढुंगा हानेर गाडी तोडफोड गर्न खोजेपछि स्थानीयले ती युवालाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । कुटपिटबाट युवाको कपडा च्यातिएको छ । स्थानीयले बन्दकर्तालाई कुटपिट गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । लगत्तै स्थानीयले प्रहरीको जिम्मा लगाए ।

पक्राउ परेका व्यक्ति चार कम्युनिष्ट पार्टीको मध्ये एक पार्टीको कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले बताए ।

आज चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाले आवह्रान गरेको बन्दको प्रभाव देशैभर सामान्य देखिएको छ । ठाउँठाउँमा बन्दकर्ताहरुले सार्वजनिक सवारीहरुमा तोडफोड गरेका छन् भने अहिलेसम्म बन्द गराउँदै हिड्ने १६ बन्दकर्ता पक्राउ परिसकेका छन् ।