Logo

बागमती पेज

भाद्र ७, २०७९ मंगलबार

चालकले आफ्नै टिपरमा आगो लगाए, आखिर के थियो कारण !


काठमाडौँ । दाङका अरुणा चौधरीले आफैंले चलाउने टिपर जलाएका छन् । बीमाको लोभमा परी उनले आफ्नै टिपर जलाएका हुन् ।

मंगलबार बिहान बन्दको मौका छोपी आफैंले चलाउँदै आएको टिपरमा आगजनी गरेको पुष्टी भएपछि प्रहरीले चालक र सहचालकलाइ पक्राउ गरेको छ ।

प्रहरी नायब उपरिक्षक राजनकुमार गौतमका अनुसार घोराही–लमही सडकखण्डको बबई खोलाको पुलमा म‌गलबार बिहान रा १ ख १६९४ नम्बरको टिपरमा आगजनी भएको थियो ।

एका बिहानै टिपरमा आगो लागेको देखेपछि स्थानीयबासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।