Logo

बागमती पेज

भाद्र ९, २०७९ बिहीबार

दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ७१ करोडको कारोबार


काठमाडौं । बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन २.८६ अंकले बढेको बजारमा आज १८.२९ अंकले गिरावट आउँदै २०३९.५५ अंकमा झरेको हो ।

यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.७८ अंकले घट्दै ३९४.५१ अंकमा झरेको छ । १८ अंकमाथिले घटेको बजारमा आज १ अर्ब ७१ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज १३ वटा उपसूचक मध्ये १३ वटै ऋणात्मक भएर बजार नै राताम्मे भएको छ ।

सबैभन्दा बढी अप्पर हेउवाखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले ९.९९ प्रतिशतले कमाएका छन् भने मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताहरुले ५.८२ प्रतिशतले गुमाएका छन् ।