Logo

मेघनाथ पहाडी

भाद्र १०, २०७९ शुक्रबार

गगनको स्मरणमा प्रदीप गिरी, ‘सही बाटोमा हिँड्नु, मृत्युसँग नडराउनु’


काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली कांग्रेसका नेता प्रदीप गिरीको मृत्युसँग डराउन नहुने धारणा अविस्मरणीय रहेको बताउनुभयो । राजनीति गर्दा मृत्युदेखि डराउन नहुने र आफू पनि सहि बाटोमा हिँड्न पर्ने समेत प्रदीप गिरीको भनाई रहेको उहाँले बताउनु भएको थियो ।

‘प्रदीप यादहरु उहाँका निकटस्थहरुबाट कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रवादका विषयमा तपाईँ जसरी डटेर लाग्नु भएको छ, त्यसै गरी लाग्नु, नडराई निरन्तर लाग्नु पर्छ भन्दै नेता गिरीले आफूलाई प्रेरित गर्नुभएको समेत महामन्त्री थापाले स्मरण गर्नुभएको हो ।

महामन्त्री थापाले भन्नुभयो, ‘नेता प्रदीप गिरीलाई देश, पार्टी र सत्ताको सीमाभन्दा माथि उठेको व्यक्तित्वका रुपमा हामीले लिन जरुरी छ । उहाँमा भएको राष्ट्रवाद र देशप्रतिको चिन्तन हामीमा छैन । त्यसैले समाजवादी चिन्तक एवं नेता प्रदीप गिरीलाई सामान्य ढंगले सम्झने भन्दा पनि उहाँमा भएका महान् विचारलाई हामीले जीवन्त राख्न आवश्यक छ । उहाँका विचारलाई हामीले सही ढंगले व्याख्या गर्दै बचाउन सकियो भने मात्र उहाँको न्याय हुनेछ ।’

उहाँ सँगको प्रत्येक भेटमा विभिन्न विषयमा महत्वपूर्ण कुराहरु हुने समेत महामन्त्री थापाको भनाई छ । जो कसैले जहाँ भेट्दा पनि सधैँ सकारात्मक कुराहरु मात्र हुन्थे । कुनै पनि मानिसले नेता गिरी सँगको भेटमा निकै उत्साहित हुने गरेको समेत उहाँले बताउनुभयो ।

वरिष्ठ अर्थशास्त्री टी एन झाले स्मरण गर्दै भन्नुभयो नेता प्रदीप गिरीले भारतको अर्थतन्त्रमा भएको सफल विकास जस्तै नेपालमा पनि लागु गर्न सम्भव छ, भन्दै आफूबाट सहयोगको प्रस्ताव गरेको बताउनुभयो । त्यसै विषयमा छलफल गर्न काठमाडौँमा २ पटक सेमिनार समेत गरिएको उहाँले सुनाउनुभयो ।

वरिष्ठ अर्थशास्त्री झाले भन्नुभयो, ‘देशको विकास गर्न प्रदीप गिरीको तडप थियो । देश कसरी विकास गर्न र आर्थिक रुपमा सम्पन्न बनाउन सकिन्छ भन्ने तर्फ चिन्ता गरिरहनुहुन्थ्यो ।’

भारतीय राष्ट्रिय कांग्रेसका राष्ट्रिय प्रवक्ता मोहन प्रकाशले भन्नुभयो, ‘नेपालको राजनीतिमा बिपी कोइराला पछिको कोही त्यस्तो महान् व्यक्ति यदि हुनुहुन्छ भने उहाँ प्रदीप गिरी हो । अद्भुत क्षमताको धनी हुनुभएका नेताका रुपमा प्रदीप गिरीलाई चिनिन्छ । नेता प्रदीप गिरी मनको सफा र भावनात्मक रुपमा निकै कमला मनका हुनुहुन्थ्यो ।’

प्रवक्ता मोहन प्रकाशले भन्नुभयो, ‘प्रदीप गिरीले जुन राजनीतिक यात्रा गरे त्यो यात्रा कसैको नभई आफ्नै मनोभावनाको थियो । म भन्छु, अनि पुरा हिन्दुस्थान भन्छ, नेता प्रदीप गिरीको जस्तो महान् विचार अरु कसैको छैन । स्वतन्त्रताबाट नै समाजवादको विकास गर्न सकिन्छ भन्ने सोचबाट प्रतिबद्ध आजीवन योद्धाका रुपमा नेता गिरी स्थापित हुनुहुन्छ ।’

मिल्ने साथीहरुलाई एकै पटक कतै लिएर जाने र साथी बिचको दुरीलाई मेटाएर नजिक ल्याउने कोसिस गर्ने गरेको समेत अन्य वक्ताहरुले बताउनुभएको थियो ।