Logo

बागमती पेज

भाद्र १२, २०७९ आईतबार

पोर्चुगलमा तिजको रौनक


काठमाडौँ । “परम्परा बचाउ, विकृति हटाऊ” भन्ने मूल नाराका साथ नजिकिँदै गरेको तिजको अवसर पारेर युरोपियन मुलुक पोर्चुगलमा तिज विशेष कार्यक्रम सम्पन्न गरिएको छ । रोजगारी तथा अन्य शिलशिलामा प्रवासमा बस्दै आएका नेपाली महिला दिदि बहिनीहरूको सङ्घ संस्थाले तिजको अवसरमा उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको हो । 

२४ अगस्टमा पोर्चुगलको ‘मुन्दो रेस्टुरेन्टमा’ सम्पन्न भएको एक तिज विशेष कार्यक्रममा नेपालका चर्चित कलाकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा अवार्ड तथा सम्मान सहित तिज गीत प्रतियोगिता समेत गरिएको थियो । कार्यक्रममा पोर्चुगलमा रहेका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको उपस्थिति समेत रहेको थियो । 

नेपालमा तिजको चहल पहल बढिरहँदा प्रवासमा रहेका महिला दिदि बहिनीले समेत विभिन्न कार्यक्रमको आयोजना गरि तिज मनाउन थालेका छन् । जस कारण नेपाली चाडबाडको रौनक प्रवासमा समेत फैलिएको छ । 

पोर्चुगलमा अवस्थित नेपालीहरूको सङ्घसंस्थाले चाडबाडको बेला यसरी नै कार्यक्रमको आयोजना गरि एकर्कामा खुसी साटासाट र शुभकामना व्यक्त समेत गर्ने गरेका छन् ।