Logo

बागमती पेज

भाद्र १९, २०७९ आईतबार

बारामा डाँका समूह र प्रहरीबीच गोली हानाहान


काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका- २३ मा रहेको एरोटेक प्रालिमा लुटपाट गर्न पुगेका हतियारधारी डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ ।

करिब १५ /२० जनाको डाँका समूहले शनिबार मध्यरात उद्योगमा लुटपाट गर्न पुगेका थिए । उद्योगका कर्मचारीले खबर गरेपछि तत्कालै प्रहरी पुग्यो । प्रहरीलाई देखेर डाँका समूहले फाइर गरेका थिए । त्यसपछि प्रहरीले तीन राउण्ड हवाई फायर गरेको बुझिएको छ ।

भाग्ने क्रममा दुई जना डाँकालाई प्रहरीले पक्राउ गरेको छ । बाराका प्रमुख प्रहरी तथा एसपी होबिन्द्र बोगटीले दुई जना डाँका पक्राउ परेको तथा घटनास्थलबाट बन्दुक, कटुवा पेस्तोल र तीन राउण्ड गोली पनि बरामद भएको जानकारी दिए ।