Logo

बागमती पेज

भाद्र २०, २०७९ सोमबार

‘कमेडी क्लब विथ च्याम्पियन्स’ अब विक्की अग्रवालको निर्देशनमा


काठमाडौँ । कमेडी रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’ अब विक्की अग्रवालले निर्देशन गर्ने भएका छन् । ‘कमेडी क्लब विथ च्याम्पियन्स’ को टिमले आइतबार सफलताको सेलिब्रेशन गर्न आयोजना गरिएको शो कार्यक्रममा यो जानकारी दिइएको हो ।

पहिलेको १० भागसम्म विक्कीले नै निर्देशन गरेको शो को बाँकी भाग विशालले अगाडि बढाएका थिए । शो प्रसारणको २६ भाग पुगेको अवसरमा केक समेट काटिएको थियो । तर, अब बाँकी भाग विक्कीले नै सुरु गर्ने भएका हुन् ।

कार्यक्रममा शोका निर्देशक विशाल भण्डारीले सुरुवातमा कार्यक्रमलाई अगाडि बढाउन केही गाह्रो भएपनि अहिले दर्शकको माया पाउँदा खुशी लागेको बताए । सुरुवातमा युट्युबमै भ्युज नपाउँदा समस्या भएपनि अहिले हरेक शो १० लाख भन्दा बढीले युट्युबमा हेरेको भन्दै उनले नयाँ नयाँ सोचका साथ शोलाई अगाडि बढाउने बताए ।

यस्तै, शोकी अध्यक्ष दीपाश्री निरौलाले पनि नयाँ पुस्ताले कमेडीलाई नयाँ तरिकाले अगाडि बढाएको भन्दै खुशी व्यक्त गरिन् । उनले शोमा काम गर्दा पारिवारिक वातावरणमा रमाइलो शैलीमा काम गर्ने गरेको पनि खुलाइन् । शोमा सुमन कार्की, कैलास कार्की, पवन भट्टराई, उषा रजक, उमेश राई, साजन श्रेष्ठ, विक्की अग्रवाल, मेक्सम गौडेलले आफ्नो प्रस्तुति दिँदै आएका छन् ।

कि एड्भटाइजिङ र थर्ड आई प्रोडक्शनसँग मिलेर यो शो निर्माण गरेको हो । यो शो आउँदो बर्षको असार मसान्तसम्म चल्नेछ ।