Logo

बागमती पेज

भाद्र २०, २०७९ सोमबार

निर्वाचन कार्यालयमा आन्दोलन, गगन थापा जिताउन मतदाता सूचीबाट नाम हटाउन खोजिएको आरोप


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्रका सात सय मतदाताको नाम राजनीतिक आस्थाका आधारमा हटाउनका लागि निर्वाचन कार्यालयले वडा कार्यालयलाई पत्र पठाएको भन्दै बुढानिलकण्ठ नगरपालिकाका बासिन्दा आन्दोलित भएका छन् ।

नेपाली कांग्रेस बुढानिलकण्ड नगर समितिले एमाले कार्यकर्ता र समर्थक मतदाताको नाम छानी छानी फर्जी मतदाता भनेर कार्यालयमा दिएको किर्ते उजुरीका आधारमा निर्वाचन कार्यालयले सक्कल कागजपत्र लिएर आउन सूचित गरेपछि उनीहरु बसाइ सराई र मतदाता परिचयपत्र लगायतका कागजात बोकेर आन्दोलनमा उत्रिएका हुन् ।

अनामनगरस्थित जिल्ला निर्वाचन कार्यालय पुगेका मतदाताले आफूहरुको नाम गगन थापालाई चुनाव जिताउने उद्देश्ये मतदाता नामावलीबाट हटाउन खोजिएको भन्दै कार्यालयको बोर्ड समेत तोडफोड गरेका छन् । उनीहरुले निर्वाचन आयोग राजनीतिक पुर्वाग्रह र घुसखोरीमा परेर ७ सय मतदातालाई सूचीबाट हटाउन खोजिएको दावी गरेका छन् ।

आन्दोलनकारीले नेपाली कांग्रेसको इसारामा गगन थापा जिताउन किर्ते उजुरीकर्ता खडा गरेर ७ सय बढी मतदातालाई मतदानबाट बन्चित गर्न खोजेको आरोप लगाएका छन् । पटकपटक मतदान गरिसकेका मतदाता र जनप्रतिनिधिलाई समेत किर्ते मतदाता भनेर बोलाइएको उनीहरुको भनाइ छ ।