Logo

बागमती पेज

भाद्र २१, २०७९ मंगलबार

उपत्यकामा डेंगुका बिरामीका चाप, भरिन थाले अस्पतालका शैया


काठमाडौँ । उपत्यकामा डेंगु संक्रमण बढेको छ । डेंगुका बिरामीको चाप ह्वात्तै बढेका कारण उपत्यकाका अस्पतालहरु भरिना थालेका छन् । अस्पतालको शय्या भरिएपछि आजभोलि प्यासेजमा समेत राखेर बिरामीको उपचार गर्न थालिएको छ । अस्पतालमा दैनिक आइरहेका बिरामीमध्ये करिब ९० प्रतिशत डेंगुका बिरामी हुने गरेको उपचारमा संलग्न रहेका डाक्टरहरुको भनाई छ ।

मनसुन सुरू भएसँगै राजधानीमा डेंगुको संक्रमण बढ्न थालेको हो । अचानक टाउको दुख्ने, ज्वरो आउने, मांसपेशी तथा जोर्नी दुख्ने, बान्ता आउने लगायतका डेंगुका लक्षण हुन् ।

प्रेसर कम भएका, खाना नरुच्ने, रगतमा सेतो मात्रा कम भएका, बान्ता धेरै हुने लगायतका समस्या देखिएका बिरामीलाई अस्पतालमा भर्ना गर्ने गरिएको छ । पछिल्लो रिपोर्टअनुसार काठमाडौँ, भक्तपुर,ललितपुरमा गरी झण्डै २३०० जनामा डेंगु पुष्टि भएको छ ।