Logo

बागमती पेज

भाद्र २७, २०७९ सोमबार

लुम्बिनी प्रदेशमा बालबालिका अपहरणको त्रास बढ्दै


काठमाडौँ । लुम्बिनी प्रदेशका तराईका जिल्लामा बालबालिका अपहरणको त्रास बढ्दै गएपछि यहाँका विद्यार्थी तथा अभिभावक त्रसिद भएका छन् ।

एक सातायता पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके, दाङ र बर्दियाका दक्षिणी क्षेत्रमा दिनहुँ बालबालिका अपहरणका विषय सामाजिक सञ्जालमा आएपछि विद्यार्थी र अभिभावकलाई थप तनाव भएको छ ।

शुक्रबार मात्र बुटवलमा विद्यालय गएका तीन बालकहरु सम्पर्कबिहीन भएर तीन दिनपछि भारतको मुम्बईमा अर्थचेत अवस्थामा भेटिएपछि अहिले सबै क्षेत्रमा त्रास बढेको हो ।

स्थानीय नविन र नहरपुर माविमा पढ्ने ती बालक कसरी मुम्बई पुगे भन्ने विषय नखुलेपनि यति लामो बाटो दुई दिनमै पुगेको विषय थप रहस्यमय भएको स्थानीय अभिभावक महेन्द्र थापाले बताए ।

यस क्षेत्रका सबैजसो विद्यालयले अभिभावलाई पत्र नै पठाएर विद्यालय जाने र आउने समयमा ध्यान दिन सचेत गराएका छन् ।