Logo

बागमती पेज

भाद्र २९, २०७९ बुधबार

सुन्दर शहर बनाउँदै बालेन, यी व्यक्तिले पाए महत्वपूर्ण जिम्मेवारी


काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वप्रहरी वरिष्ठ उपरीक्षक जगतमान श्रेष्ठलाई ट्राफिक प्रहरी सल्लाहकारमा नियुक्त गरेको छ।

कामपाले मङ्गलबारको प्रमुखस्तरीय निर्णयबाट उनलाई ट्राफिक प्रहरी सल्लाहकारमा नियुक्त गरेको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखका रूपमा काम गरिसकेका श्रेष्ठले प्रहरी अधिकृतको आधारभूत तालिमसँगै मानवअधिकार तथा कानुन कार्यान्वयन, प्रहरी व्यवस्थापन, विपद् व्यवस्थापन, अपराध अनुसन्धान, विशिष्ट सवारी परिचालनलगायत विषयमा तालिम गरेका छन्।

त्यस्तै भारतबाट ट्राफिक व्यवस्थापन, चीनबाट विकासोन्मुख देशमा ट्राफिक प्रशासन, दक्षिण अफ्रिकाको जाम्बियाबाट ट्राफिक सडक सुरक्षा विषयमा तालिम लिएको बताइएको छ।

यस्तै उनले यातायात र सडक व्यवस्थापन तथा सुरक्षाका अन्य दर्जन बढी शीर्षकमा तालिम लिएका छन्। उत्कृष्ट कार्यसम्पादनवापत उनले नेपाल सरकारले प्रदान गर्ने गोरखा दक्षिण बाहु र संयुक्त राष्ट्रसङ्घले प्रदान गर्ने पदक पाएका छन्।

महानगरले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरी ट्राफिक व्यवस्थापन गर्दै आएको छ। ट्राफिक व्यवस्थापन गर्न महानगरले पार्किङमा बनाइएका संरचनाहरू भत्काउने काम गरिरहेको छ।

महानगरले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरी ट्राफिक व्यवस्थापन गर्दै आएको छ। ट्राफिक व्यवस्थापन गर्न महानगरले पार्किङमा बनाइएका संरचनाहरू भत्काउने काम गरिरहेको छ। जसले गर्दा पनि काठमाडौंको जामको समस्या हट्ने आकलन गरिएको छ।

कामपाले शिक्षा सल्लाहकारमा रेशु अर्याललाई नियुक्त गरेको छ। उनलाई पनि प्रमुखस्तरीय निर्णयबाट नियुक्त गरिएको हो। अर्यालले सिङ्गापुरको नेशनल इन्स्टिच्युट अफ एजुकेशनबाट स्नातक र कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेजबाट शैक्षिक सुधारका लागि नेतृत्व विषयमा स्नातकोत्तर गरेकी छन्। उनले टिच फर नेपालको पाँच वर्ष अध्यक्षका रूपमा काम गरिसकेकी छन्। अहिले अर्याल नेतृत्व परिषद्को सदस्य हुन्।

त्यस्तै, महानगरको कानुनी सल्लाहकारको रूपमा ओमप्रकाश अर्यालसहित ५ जनालाई नियुक्त गरेको थियो। मेयर बालेनले डिना श्रेष्ठ, शंकर पुडासैनी, ओमप्रकाश अर्याल, महेश नेपाल र कुमारी खरेललाई कानुनी सल्लाहकारमा नियुक्त गरेको हो।