Logo

बागमती पेज

भाद्र ३१, २०७९ शुक्रबार

झुण्डिएको अवस्थामा प्रहरी जवानको शव फेला


काठमाडौँ । सिरहामा सशस्त्र प्रहरीका एक जवानको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ । जिल्लाको सिरहा नगरपालिका २१ लगडीगोठ वीओपीमा कार्यरत उदयपुरको ताप्ली गाउँपालिका ३ का २६ वर्षीय गिरिजानारायण श्रेष्ठको शव फेला परेको सशस्त्र प्रहरी बल ७ नम्वर गण हेडक्वाटर प्रमुख एसपी रमेश थापाले जानकारी दिए ।

घटनाबारे पुष्टि गर्दै थापाले नेपाल प्रहरीलाई अनुसन्धानको जिम्मा लगाइसकेको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले घटनाको प्रकृति मुचुल्का उठाउने कार्य भइरहेको बताए ।

उनले विहान ६:२५ बजेको समयमा घटना भएको र घटनाको अनुसन्धानमा प्रहरी खटिसकेको बुढाथोकीले जनाए ।