Logo

बागमती पेज

भाद्र ३१, २०७९ शुक्रबार

अनसनरत डा. केसीको स्वास्थ्यमा जटिलता


काठमाडौं । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका लागि विभिन्न माग राख्दै २० औं अनसनमा रहेका वरिष्ठ डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ ।

धनगढीको कृष्ण मन्दिर धर्मशालामा अनसन थालेका डा. केसीको स्वास्थ्य बिग्रिएपछि मंगलबार उनलाई सेती प्रादेशिक अस्पातल भर्ना गरिएको थियो ।

अस्पतालले विज्ञप्तिमार्फत केसीमा टाउको दुख्ने रिङ्गटा लाग्ने, थकान लाग्ने, स्वास फेर्न गार्‍हो हुने, शरीरको मांसपेशी दुख्नेलगायतका समस्या देखिएको जनाएको छ । अस्पातलका अनुसार शरीर र पोषण तत्व र पानीको कमी भएको कारण केसीमा यस किसिमको समस्या देखिएको हो ।

यसका कारण डा. केसीमा बेहोस हुन सक्ने, कम्पन हुन सक्ने , मुटुको धड्कन तथा रक्तचाप असन्तुलन भई शरीरका अन्य अंगमा समेत थप सम्भावित जटिलता देखा पर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।