Logo

भवानी कार्की

आश्विन ५, २०७९ बुधबार

निर्देशक कुलमान घिसिङद्वारा विद्युतिय स्कुटर र चार्जिङ मेसिनको उद्घाटन


काठमाडौँ । सुन्दर ट्रेडर्सद्धारा आयोजित विद्युतिय स्कुटर तथा चार्जिङ मेसिनको संयुक्त लन्चिङ गरिएको छ । नेपाल विद्युत प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन भएको हो ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङले पहिला लोडसेडिङको कारण विद्युतिय उपकरणको विषयमा सोच्न पनि नसकेको बताउँदै अहिले विद्युतिय साधनले विद्युतको बढी खपत गर्न आवश्यक रहेको धारणा व्यक्त गरेका थिए । नेपालमा उत्पादित विद्युत भारतमा खपत भइरहेको जानकारी दिँदै नेपालको विद्युत नेपालमै खपत गर्नुपर्नेमा उनले जोड दिए ।

उनले भने, “विद्युत निर्यात भन्दापनि खपतमा जोड दिनुपर्छ, नेपालमा इलेक्ट्रोनिक चार्जिङ सबैभन्दा सस्तो हुन्छ र इन्धनबाट चल्ने गाडी भन्दा विद्युतिय सवारी २० गुणा सस्तो हुन्छ । त्यसकारण स्थानीय, प्रदेश र केन्द्रीय सरकार लगायत सर्वसाधरणले प्रयोग गर्ने सवारी साधन विद्युतिय हुनुपर्छ ।”

यातायात मन्त्रालय यातायात महाशाखाका पुर्व प्रमुख गोविन्द खरेलले विद्युुतिय सवारीले कार्वन उत्पादन क्षेत्रमा कमी आई वातावरण पनि स्वच्छ राख्ने जनाएका थिए उनले उपत्यका लगाएत नेपालभरी चलिरहेका विद्युतिय सवारी अत्यन्तै कम भएका कारण विद्युतिय सवारी थप गर्न आवश्यक रहेको बताए

सुन्दर ट्रेडर्स प्रालिका अध्यक्ष भेषबहादुर थापाले उपत्यका लगायत देशका अन्य स्थानमा विद्युतिय सवारीको चार्जिङ स्टेशनको काम भइरहेको जानकारी दिएका छन् उनले काठमाडौँको धुम्बाराही, सितापाइला राधेराधेमा हाल चार्जिङ स्टेशनको काम भइरहेको बताए उपत्यका बाहिरका पनि धेरै जिल्लाहरुमा यसको काम तीब्र गतिमा भएको जनाए

कार्यक्रममा नेपालमै पहिलो पटक सार्वजनिक विद्युतिय तथा निजि सवारी साधन चार्ज गर्ने चार्जिङ स्टेशनको विस्तार गर्ने उदेश्यले आयत गरिएको हाल सम्मको सबैभन्दा धेरै क्षमतावान् चार्जिङ स्टेशनको प्रदर्शन गरिएको थियो