झापा । झापामा घरको चार तलामाथिबाट खसेर एक जना महिलाको मृत्यु भएको छ। कौशी खेतीको तरकारी टिप्न जाँदा बिर्तामोड नगरपालिका वडा नम्बर ५ की ६२ वर्षीया मधु शर्मा आचार्यको मृत्यु भएको हो ।
घरको चार तलामाथि फलेका करेला टिप्न आचार्य छतमा गएका थिइन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रूगमबहादुर कुँवरका अनुसार घरको चार तलामाथि बरन्डामा फलेका करेला टिप्न खोज्दा चिप्लिएर लडेकी आचार्यको मृत्यु भएको हो।
आचार्यलाई अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्