Logo

बागमती पेज

आश्विन ७, २०७९ शुक्रबार

भोजपुरबाट स्वतन्त्र चुनाव लड्ने तयारीमा व्यवसायी रमेश ओझा


काठमाडौं । मंसिर ४ को प्रतिनिधिसभा चुनावका लागि पर्यटन व्यवसायी रमेश ओझाले भोजपुरबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । भोजपुर नगरपालिका-११ आम्तेकका ओझाले लौरो चिन्हबाट चुनाव लड्ने तयारीका साथ प्रचारप्रसार थालेको बताए ।

जिल्लामा पटकपटक टेस्टेड उम्मेदवारका कारण जनताले विकास र परिवर्तनको महसुस गर्न नसकेकाले नयाँ अनुहारको खोजी गरेको उनको दाबी छ ।

‘तीन/चार पुस्ताले एउटै मान्छेलाई भोट हाल्नुपर्न यो बेथितिको अन्त्य हुनुपर्छ । ७४ मा माओवादीले साइड लाउने काम भएपछि विद्रोह गरेको ओझाले बताएका छन् ।

सुरूमा एमालेमा रहेका उनी पछिल्लो समय नेकपा माओवादी केन्द्रमा आवद्ध थिए । ७४ मा संघको लागि सिफारिस भएपनि सुदन किराती सारिएपछि ‌ओझा पछि हट्नुपरेको थियो । त्यसबेला किरातीलाई चुनावी खर्चका लागि ओझाले निकै मद्दत गरेको उनको पारिवारिक स्रोतले बताएको छ ।

दुई दशभन्दा बढी समयदेखि पर्यटन व्यवसायमा संलग्न उनी अधिवक्तासमेत हुन् ।

स्वतन्त्रको उम्मेदवारीमा गठबन्धनका केही असन्तुष्टहरूको सपोर्ट रहेको स्रोतले बताएको छ । ओझाका कारण संघमा लड्ने मुख्य दलका उम्मेदवारको मत प्रभावित हुने आँकलन गर्न थालिएको छ ।