Logo

बागमती पेज

आश्विन ८, २०७९ शनिबार

डा.केसीले तोडे अनशन, सरकारसँग १० बुँदे सहमति


काठमाडौँ । १३ दिनदेखि अनशनरत डा.गोविन्द केसीले अनसन तोडेका छन् ।

सरकारसँगको १० बुँदे सहमतिपछि डा. केसीले शनिबार साँझ अनसन तोडेका हुन् । सरकारी पक्षसँगको १० बुँदे सहमति भएको डा. केसीले अनसन तोडेको केसीका सहयोगी प्रितम सुवेदीले बताए ।

अनशन तोडेपछि पत्रकारहरूसँग कुराकानी गर्दै डा.केसीले आफ्ना मागमा पटकपटक धोका भएको उल्लेख गर्दै फेरि पनि धोका भए अनशन बस्ने चेतावनी दिएका छन् । ‘विगत तेह्र दिनदेखि हाम्रो सत्याग्रही आन्दोलन चलेकोमा आज नेपाल सरकारसंग दश बुँदे सहमति भएको छ। तर त्यसमा सम्बोधन नभएको ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मापदण्डबिना नियुक्त भएका पदाधिकारीहरुलाई पदमुक्त गरियोस्’ भन्ने हाम्रो माग कायम रहेको र त्यसका लागि हामी निरन्तर संघर्षरत रहने कुरा जानकारी गराउन चाहन्छौँ,’ केसीले भनेका छन् ।

केसीको माग सम्बोधन गर्न सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेशप्रसाद पाण्डेयको संयोजकत्वमा वार्ता टोली बनाएको थियो ।