Logo

बागमती पेज

आश्विन ९, २०७९ आईतबार

रामेछाप १ बाट एमालेका ३ जना सिफारिस, कस्ले मार्ला बाजी ?


काठमाडौँ । मंसिरमामा हुन गइरहेको प्रदेश सभा सदस्यको लागि रामेछाप एमाले १ बाट बागमती प्रदेश कमिटीले उम्मेदवारको टुङ्गो लगाएको छ । जिल्ला कमिटी रामेछापले प्रदेश कमिटी बागमतीमा ८ जनाको नाम सिफारिस गरेको हो ।

जसमध्ये प्रदेश कमिटी बागमतीमा शान्तिप्रसाद पौडेल, उद्धवप्रसाद कडरिया, के. वि पौडेल, वुद्दीबहादुर कार्की अनिल कार्की, कुमार कार्की, परशुराम बस्नेत, अर्जुन कुमार कार्की मध्ये एकको नाम रामेछाप १ को लागि छनौटमा सिफारिस गरेको छ ।

प्रदेश कमिटीले उक्त नामलाई काँटछाँट गर्दै तीन जनाको नाम केन्द्रीय कमिटीमा सिफारिस गरिएको स्रोतले बताएको छ। बागमती प्रदेशबाट शान्तिप्रसाद पौडेल, उद्धव प्रसाद कडरिया र कुमार कार्की केन्द्रीय कमिटीमा सिफारिस भएका छन्।

उनीहरुमध्येबाट एकले टिकट पाउने भएका हुन् । यस बिचमा को बलियो उम्मेदवार हो उसैलाई पार्टीले टिकट दिलाउछ भन्ने जानकारहरु बताउँछन् ।