Logo

बागमती पेज

आश्विन २४, २०७९ सोमबार

प्रदेश १ मा एमालेका पाँच नेताद्वारा पार्टी परित्याग


काठमाडौं : नेकपा एमाले प्रदेश १ का पाँच जना नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

प्रदेश र जिल्ला कमिटीमा रहेका ५ नेताले एमालेले आम कार्यकर्ताको भावना विपरित गतिविधि गरेको भन्दै पार्टी छाडेको घोषणा गरेका हुन् ।

यसरी संयुक्त रुपमा पार्टी परित्याग गरेको घोषणा गर्नेहरूमा एमाले प्रदेश १ का सचिवालय सदस्य रामकुमार बस्नेत, प्रदेश कमिटी सदस्यत्रय प्रताप कुमार थापा, मधु गूरुग र राजकुमार बस्नेत रहेका छन् ।

त्यसैगरी मोरङ जिल्ला कमिटी सदस्य गीता सिवाले एमाले परित्याग गरेकी छन् । उनीहरुले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरु जस्तै अपमानित भएर नबस्न अन्य नेता कार्यकर्ताहरूलाई अपिल गरेका छन् ।