काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन्त्री रहेका नेकपा (एकीकृत समाजवादी)का सचिव जीवनराम श्रेष्ठले काठमाडौंबाट उम्मेदवारी दर्ता गराएका छन् ।
सत्तारुढ गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका श्रेष्ठले आइतबार उम्मेदवारी दर्ता गराएका हुन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा श्रेष्ठ एमालेबाट सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।
२०५३ देखि २०६३ सम्म राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव रहेका श्रेष्ठ हाल नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत छन् ।
प्रतिक्रिया दिनुहोस्