काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं- ४ बाटै उम्मेदवारी दिएका छन् ।
उनी यसअघि सर्लाही- ४ बाट प्रतिनिधि सभाको चुनाव लड्ने चर्चा भए पनि अन्तिममा आफू निरन्तर विजयी भएको क्षेत्र काठमाडौं ४ मै उम्मेदवार बनेका हुन् ।
उनी २०६४ मा समानुपातिकमा सांसद भएका थिए भने २०७० र २०७४ सालमा प्रत्यक्षबाट काठमाडौं ४ बाटै विजयी भएका थिए ।
थापाले आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
यो क्षेत्रमा थापा सत्ता गठबन्धनका उम्मेदवार हुन् । उनका प्रतिस्पर्धीका रुपमा फेरि पनि नेकपा एमालेबाट डा। राजन भट्टराईले उम्मेदवारी दिएका छन् । यसअघिको निर्वाचनमा गगनले तीन हजार बढी मतले राजनलाई हराएका थिए ।
प्रतिक्रिया दिनुहोस्