Logo

बागमती पेज

आश्विन २५, २०७९ मंगलबार

फेवातालमा सरसफाइ सुरु


काठमाडौँ । पोखरा महानगरपालिकाले फेवाताल सरसफाइ मंगलबारदेखि सुरु गरेको छ । महानगरको अगुवाइमा ३३ वटै वडा, विभिन्न संघसंस्थाले फेवा तालको जलकुम्भी हटाउन सुरु गरेका हुन् ।

भारी वर्षाले तालको सिरान क्षेत्रबाट जलकुम्भीलगायत झार तल्लो तटीय क्षेत्रमा ल्याइएकाले फेवाताल कुरुप बनेको थियो । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले अहिले पर्यटकको चाप बढेको र नवौं राष्ट्रिय खेलकुद पनि पोखरामा भइरहेको सन्दर्भमा ताल सफाइ गर्न लागेको सुनाइन् ।

फेवाताल ड्यामसाइडदेखि चंखपुरसम्म ३३ वटा स्टेसन बनाएर सरसफाइ सुरु गरिएको छ, जसमा ३३ वटै वडाका वडाध्यक्षले नेतृत्व गरेका छन् । सरसफाइमा सुरक्षाकर्मीहरुलाई पनि खटाइएको छ ।